यर्मियाको पुस्तक 17:5-9

यर्मियाको पुस्तक 17:5-9 NERV

परमप्रभुले यी कुराहरू भन्नुभयो, “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ, अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ, र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार। ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन् अनि उन्नति तिनीहरूले देख्ने छैनन्। तिनीहरूले असल देख्दैनन् जब यो आउँछ। त्यो मानिस धन्य हो, जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ। त्यो मानिस पानीको छेवमा रोपिएको रूख जस्तै हुनेछ जसले खोल्सा सम्म आफ्नो जराहरू फैलाएको हुन्छ। यसकारण त्यो वृक्ष गरम कालमा डराउँदैन। यसका पातहरू खडेरी पर्दा पनि हरियै रहन्छन् अनि यसमा फल फल्नु छोड्दैन। “मानिसको हृदय अन्य कुनै चीज भन्दा कपटपूर्ण हुन्छ। त्यो कहिल्यै निको नहुने हुन्छ। यसलाई कसैले बुझ्न सक्तैन।