प्रेरितहरूका काम 5:19-21
प्रेरितहरूका काम 5:19-21 NERV
तर राती प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भने, “जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।” जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे। प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए।

