प्रेरितहरूका काम 20:6-12
प्रेरितहरूका काम 20:6-12 NERV
अखमीरी रोटीको चाड पछि हामी समुद्र यात्रा गरेर फिलिप्पीतिर गयौं। हामीले ती मानिसहरूलाई पाँच दिनपछि त्रोआसमा भेट्यौं। हामी त्यहाँ सात दिन बस्यौं। सप्ताहको पहिलो दिन, हामी सबै प्रभुको भोज खान एकत्रित भयौं। पावलले अर्को दिन विदा लिने सम्झी तिनीहरूसँग बात मारे। पावलले मध्यरात सम्म गफ जारी राखे। हामी माथिल्लो तलामा जहाँ भेला भएका थियौं। त्यहाँ धेरै बत्तीहरू झिलिमिलि बलिरहेको थियो। त्यहाँ एक युटाइकस नाउँको युवा थियो जो झ्यालमा बसिरहेको थियो। पावल गफमा मस्त थिए, अनि युटाइकसलाई निद्राले ग्रस्त पार्यो। अन्तमा, युटाइकस त्यही निदायो अनि तेस्रो तल्लाको झ्यालबाट भूइँमा पछारियो। जब मानिसहरू उसलाई उठाउन गए तब ऊ मरिसकेको थियो। पावल युटाइकस कहाँ ओर्लिए। उनले घुँडा टेकेर अगाँलो हाले। पावलले अन्य विश्वासीहरूलाई भने, “सुर्ता नगर, यिनी जिउँदै छन्।” पावल फेरि माथिल्लो तल्लामा गए। उनले रोटी टुक्राए अनि खाए। पावल तिनीहरूसँग धेरै बेरसम्म कुरा गरिरहे। उनको गफ सकिन्दा मिर्मिरे बिहान भइसकेको थियो। त्यसपछि पावल गए। मानिसहरूले त्यस युवकलाई लिएर घर गए। ऊ जिउँदै थियो अनि तिनीहरूलाई आराम भयो।

