कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:1-4

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 11:1-4 NERV

जब म मूर्ख बनिन्छु आशा छ तिमीहरू मलाई सहनेछौ। तर तिमीहरूमलाई सहिरहेका पनि छौ। मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु। तर तिमीहरूको मन भ्रष्ट हुन सक्छ अनि ख्रीष्ट प्रति तिमीहरूको सत्यता र पवित्रता डग्ला कि भन्ने मलाई डर छ। यो त्यस्तो हुनसक्छ जस्तै सर्पको धूर्तताले हव्वालाई धोका दिएको थियो। यदि कसैले तिमीहरूलाई हामीले बातएको येशू भन्दा अर्कै येशूको बारे बताउँछ भने तिमीहरू उसलाई आनन्दले ग्रहण गर्नेछौ। यदि उसले तिमीहरूलाई हामीले बताएको सुसमाचार दिएको आत्मा भन्दा अर्कै सुसमाचार र आत्मा बताँउछ भने पनि त्यसलाई तिमीहरू खुशीले स्वीकार गर्नैछौ। यसर्थ मलाई पनि त्यही इच्छा देखाऊ।