यसरी रूथले बेलुकासम्म खेतबारीमा शिला-बाला बटुलिन् ती बटुलेका बाली कुटेपछि १० किलोग्राम जति अन्न तयार भयो। त्यो अन्न बोकेर उनले सहरमा लगिन् र सासूलाई देखाइन्। अनि उब्रेको खानेकुरा पनि उनलाई दिइन्। नाओमीले सोधिन्, “यति अन्न आज तिमीले कहाँ बटुल्यौ? तिमीले कसको बारीमा काम गर्यौ? तिमीलाई दया गर्ने मानिसलाई परमेश्वरले आशिष् देऊन्!” आफूले बोअजको बारीमा काम गरेको कुरा रूथले नाओमीलाई भनिन्। नाओमीले भनिन्, “परमेश्वरले बोअजलाई आशिष् देऊन्, उहाँले दिनुभएको प्रतिज्ञा परमेश्वरले जिउँदो र मरेकाहरू सबैसँग राख्नुहुन्छ। ती मानिस हाम्रा आफ्ना नजिकका नातेदार हुन्। उनले त हामीलाई हेर्नुपर्ने पनि हो।” रूथले भनिन्, “त्यसमाथि उनले मलाई कटनी नसकुञ्जेलसम्म उनकै मानिसहरूसँग अन्न बटुल्ने काम गर्नू भनेका छन्।” नाओमीले रूथलाई भनिन्, “हो छोरी, बोअजका काम गर्ने आइमाईहरूसँग पनि तिमी काम गर। अरू कसैको खेतबारीमा गयौ भने तिमीलाई सताउन सक्छन्।” त्यसरी जम्मै गहुँ र जौ काटी नसकुञ्जेलसम्म रूथले बोअजका खेतबारीमा काम गरिन् र उनी आफ्नी सासूसँग बस्थिन्।
रूथ 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 2:17-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू