त्यसो भए हामी हाम्रा जातिका पुर्खा अब्राहामका बारेमा के भनौं? उनले के पाए? विश्वासले परमेश्वरको सामु ठीक ठहरिने सुविधा पाए। यदि उनले गरेका कुनै कामबाट परमेश्वरको सामु उनी ठीक ठहरिएका भए उनलाई घमण्ड गर्ने बाटो हुनेथियो। तर परमेश्वरको सामु उनीसँग घमण्ड गर्ने बाटो थिएन। धर्मशास्त्रमा लेखिएको छ, “अब्राहामले परमेश्वरमा विश्वास गरे। उनको त्यही विश्वासले गर्दा परमेश्वरले उनलाई ठीक ठहराउनुभयो।” काम गर्नेलाई ज्याला दिइन्छ। ज्याला दान होइन तर कमाएको कुरो हो। कसैले धर्म-कर्ममा होइन तर दोषीहरूलाई निर्दोष ठहराउनुहुने परमेश्वरमा विश्वास गर्छ भने उसलाई परमेश्वरले आफ्नो सामु निर्दोष ठहराउनुहुन्छ। यसरी परमेश्वरले मानिसलाई विश्वासद्वारा निर्दोष र ठीक ठहराउनुहुन्छ। हाम्रा राजा दाऊदले पनि धर्म-कर्मबाट होइन तर परमेश्वरबाट ठीक ठहरिएका मानिसको बारेमा यसो भन्छन्, “कति खुसी तिनीहरू, जसको अधर्म परमेश्वरले मेटिदिनुभएको छ र पापहरू पुरिदिनुभएको छ। कति खुसी त्यो मानिस, जसको पापको हिसाब परमेश्वरले लिनुहुन्न,।” यो दाऊदले भनेको सुख व्यवस्थाअनुसार खतना भएकाहरूको लागि मात्र होइन, नभएकाहरूको लागि पनि हो किनभने हामीले धर्मशास्त्रअनुसार भनिहाल्यौं, “परमेश्वरले अब्राहामलाई उहाँमा विश्वास गरेकोले नै ठीक ठहराउनुभयो।” यो कहिले भयो? उनले व्यवस्थाअनुसार खतना गरेपछि कि नगर्दै? खतना गर्नुभन्दा अघि नै अब्राहामले पहिले विश्वास गरे। यसैले परमेश्वरले उनलाई खतना नगर्दै ठीक ठहराउनुभएको थियो। त्यसकारण खतनाचाहिँ उनको विश्वासद्वारा परमेश्वरले ठीक ठहराउनुभएको छाप थियो। यसरी अब्राहाम खतना नगरेको तर परमेश्वरलाई चाहिँ विश्वास मात्र गरेर ठीक ठहरिने अन्यजातिका पनि आत्मिक पुर्खा भए। यसरी नै यहूदीहरूले खतना गरेका कारणले मात्र होइन; तर तिनीहरू पनि उनको जस्तै विश्वासमा हिंडेकोले अब्राहाम ती यहूदीहरूका पनि पुर्खा हुन्।
रोमी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 4:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू