रोमी 2:5-11

रोमी 2:5-11 सरल नेपाली

तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्‍यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्‍ड पाउनेछौ, जुन दिन परमेश्‍वर न्‍याय गर्न आउनुहुनेछ। परमेश्‍वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ। कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्‍मरी जीवन खोज्‍दछन्। परमेश्‍वरले उनीहरूलाई अजम्‍मरी जीवन दिनुहुनेछ। अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्‍यलाई मान्‍दैनन् र खराब कामका पछि लाग्‍छन्। परमेश्‍वरले तिनीहरूमाथि आफ्‍नो रिस खन्‍याउनुहुन्‍छ। खराब काम गर्ने सबै मानिस पहिले यहूदीलाई अनि त्‍यसपछि अरूहरूलाई दु:ख, कष्‍ट हुनेछ। तर परमेश्‍वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्‍यसपछि अरूहरूलाई सुख, सम्‍मान् र शान्‍ति दिनुहुनेछ किनभने परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न।

रोमी 2 पढ्नुहोस्