रोमी 15:19-21

रोमी 15:19-21 सरल नेपाली

आश्‍चर्यकर्म, शक्तिशाली चिन्‍ह र पवित्र आत्‍माको शक्तिले यरूशलेमदेखि इल्‍लुरिकन भन्‍ने देशसम्‍मको यात्रा गरेर मैले ख्रीष्‍टको बारेमा सम्पूर्णरूपले प्रचार गरेको छु। अरूले सुरु गरेको जगमा घर बनाएझैँ अरूले प्रचार गर्न थालेको ठाउँमा म प्रचार गर्न चाहन्‍नँ। ख्रीष्‍टलाई सुन्‍दै नसुनेको र अरूले प्रचारै नगरेको ठाउँमा मात्र सुसमाचार प्रचार गर्न मलाई मन लाग्‍छ। यसै गरी धर्मशास्‍त्रले पनि भन्‍छ, “उहाँका बारेमा नभनिएकाहरूले उहाँलाई देख्‍नेछन् अनि उहाँका बारेमा नसुनेकाहरूले उहाँलाई बुझ्‍नेछन्।”

रोमी 15 पढ्नुहोस्