रोमी 12:17-20
रोमी 12:17-20 सरल नेपाली
कसैले तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सबै मानिसले असल ठहराएका कुराहरूमा मात्र ध्यान दिनू। सकेसम्म सबैसित मेलमिलाप राख। प्यारा दाजुभाइहरू, कहिल्यै पनि कसैसँग बदला नलिनू। तर रिस देखाउने काम परमेश्वरलाई नै गर्न दिनू किनभने धर्मशास्त्रमा लेखिएको छ, “न्याय गर्ने काम मेरो हो। म नै बदला लिनेछु।” अर्को ठाउँमा धर्मशास्त्रले भन्छ, “तिम्रो शत्रु भोकाएको छ भने खान देओ, तिर्खाएको छ भने पानी देओ किनभने यसो गर्नाले तिम्रो शत्रुको टाउकोमा आगोको भुँग्रो थुपार्नेछौ।”


