रोमी 1:26-32

रोमी 1:26-32 सरल नेपाली

यसैकारण परमेश्‍वरले तिनीहरूलाई उनीहरूकै घिनलाग्‍दो इच्‍छाअनुसारको काम गर्न छोडिदिनुभयो। तिनीहरूका आइमाईहरूले आफ्‍ना लोग्‍नेसँगको सहवास छोडेर आइमाईसँगै सहवास गरे। तिनीहरूका लोग्‍नेहरूले पनि आफ्‍ना आइमाईहरूसँग सही काम गरेनन् तर एक-अर्काको निम्‍ति जलेर लोग्‍ने मानिसले लोग्‍ने मानिससँगै घिनलाग्‍दो काम गरे। तिनीहरूका आफ्‍ना शरीरले गरेका दुष्‍ट कामका लागि उचित दण्ड पाए। तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने मान्यता दिन पनि छाडे। यसो हुँदा उहाँले तिनीहरूलाई खराबी गरून् भनेर तिनीहरूकै कुविचारमा छोडिदिनुभयो। यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्‍टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्‍छन्, एक-अर्काको चुक्‍ली लाउँछन्, अर्काको निन्‍दा गर्छन्। तिनीहरूले परमेश्‍वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्‍जत गर्दैनन् तर आफैं घमण्‍डले फुल्‍छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्‍छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्‍दैनन्। तिनीहरू मूर्ख छन् अनि गर्छु भनेका कुरा गर्दैनन्। तिनीहरू माया नभएका निर्दयी हुन्। यस्‍ता मानिसहरू मृत्युको योग्य हुन्‍छन् भन्‍ने परमेश्‍वरको धार्मिक विधान जान्दाजान्दै पनि तिनीहरूले त्‍यस्‍तै काम गर्छन्। त्‍यति मात्र होइन, अझ उल्‍टो यस्‍ता काम गर्नेहरूलाई सुर्‍याउँछन्।

रोमी 1 पढ्नुहोस्