तिनीहरूले परमेश्वरलाई चिनेर पनि परमेश्वरलाई गर्नुपर्ने आदर गरेनन्, नता तिनीहरूले उहाँलाई धन्यवाद नै दिए, उल्टो तिनीहरू आफ्नै विचारमा काम नलाग्ने भए र तिनीहरूका खोक्रा हृदयचाहिँ अन्धकारले भरियो। आफैंलाई बुद्धिमानी भनी ठानेर तिनीहरू मूर्ख भए। तिनीहरूले परमेश्वरलाई आदर गर्नुपर्नेमा नाश हुने मानिस, पशु, चरा-चुरुङ्गी र घस्रिने जन्तुहरूका मूर्तिलाई पूजा गरे। तिनीहरूका हृदयले खोजेको घिनलाग्दो अवस्थामा नै परमेश्वरले तिनीहरूलाई छोडिदिनुभयो अनि तिनीहरूले आपसमा लाजलाग्दा कामहरू गरे। तिनीहरूले परमेश्वरको सत्यलाई झूटसँग साटे। सृष्टि गर्नुहुने र सधैँ आदर पाइरहनुपर्ने परमेश्वरलाई होइन तर उहाँले बनाउनुभएको चीजलाई तिनीहरूले पूजा र सेवा गरे।
रोमी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 1:21-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू