भजनसंग्रह 139:1-10

भजनसंग्रह 139:1-10 सरल नेपाली

परमप्रभु, तपाईंले मलाई जाँच्‍नुभएको छ र चिन्‍नुहुन्‍छ। मैले गरेका सबै काम तपाईंले जान्‍नुहुन्‍छ, टाढैबाट तपाईंले मेरा सबै विचारहरू बुझ्‍नुहुन्‍छ। म काम गर्दा वा विश्राम लिंदा तपाईंले मलाई देख्‍नुहुन्‍छ, तपाईंले मेरा सबै काम जान्‍नुहुन्‍छ। मेरो ओठ खोलिनुभन्दा अघि नै मैले के भन्‍न लागेको छु, सो तपाईंले जानिसक्‍नुभएको हुन्‍छ। मेरा चारैपट्टि, हरेक दिशामा तपाईं हुनुहुन्‍छ, आफ्‍नो बलले तपाईंले मेरो रक्षा गर्नुहुन्‍छ। मेरा बारेमा तपाईंको ज्ञान अति गहिरो छ, त्‍यो मेरा समझशक्तिले म बुझ्‍न सक्‍दिनँ। तपाईंदेखि भागेर म कहाँ जान सक्‍छु र? तपाईंको उपस्‍थितिबाट म कहाँ टाढा हुन सक्‍छु र? म उँभो स्‍वर्गमा गएँ भने, त्‍यहाँ तपाईं हुनुहुन्‍छ; म मृत्‍यु-लोकमा उत्रें भने त्‍यहाँ तपाईं हुनुहुन्‍छ। पूर्वमा धेरै टाढासम्‍म उडी गएँ भने, वा पश्‍चिममा टाढाभन्दा टाढामा गई बास गरें भने, मलाई डोर्‍याउन भनी तपाईं त्‍यहाँ हुनुहुन्‍छ, मलाई सहायता दिन भनी तपाईं त्‍यहाँ पनि हुनुहुन्‍छ

भजनसंग्रह 139 पढ्नुहोस्