नचिनेको मानिस वा विदेशीको ऋणमा जमानी बस्ने मूर्ख मानिसले आफ्नो सम्पत्ति बन्धकी राखिनुपर्छ। मित्रलाई एकाबिहानै उठेर जोडसित कराएर अभिवादन गरेको चाहिँ सरापेको जस्तो हो। कचकचे स्वास्नी वर्षाको तपतपे पानीजस्तै हो। त्यसको मुख चुप गराउनुचाहिँ बतासलाई थाम्नु वा हातले तेल समात्न खोज्नुजस्तै हो। फलामले फलामलाई उध्याउँछ, मानिसले मानिसको बुद्धिलाई तिर्खाछ। नेभाराको बोट स्याहार्नेले त्यसको फल खाँदछ। मालिकको स्याहार-सुसार गर्ने चाकर सम्मानित हुन्छ। पानीमा मानिसले आफ्नै अनुहार देख्छ, हृदयमा उसले आफ्नै चरित्र देख्छ। मृत्यु-लोक कहिल्यै तृप्त हुँदैन, मानिसको लालसा पनि कहिल्यै तृप्त हुँदैन। आगोमा सुन र चाँदीको जाँच गरेझैँ मानिसको सुनामको पनि जाँच हुन सक्छ। मूर्खलाई मरुञ्जेल कुटेर पनि त्यसको मूर्खता निक्लेर जाँदैन। आफ्ना भेडा र गाई-वस्तुको राम्ररी हेरचाह गर किनभने तिम्रो धन-सम्पत्ति सधैँभरिको निम्ति हुँदैन। राजवंश पनि सधैँभरि रहँदैन। पहिले पराल काट र त्यसपछि डाँडामा घाँस काट्दा अर्को बाली पराल फेरि तयार हुँदैगरेको हुन्छ, भेडाका ऊनले कपडा बनिन्छ र बाख्राहरू बेचेर जग्गा-जमिन किन्न सकिन्छ। तिमी, तिम्रा परिवार र कमारीहरूको निम्ति प्रशस्त हुने गरी बाँकी रहेका बाख्राको दूध पनि हुन्छ।
हितोपदेश 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 27:13-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू