कुनै मानिस अन्यायमा मारिंदै छ भने त्यसलाई छुटाउन आल-टाल नगर। यो मेरो काम होइन भनी भनौला तर परमेश्वरले तिम्रो मन जान्नुहुन्छ र त्यसको जाँच गर्नुहुन्छ। तिम्रो रक्षा गर्नुहुनेले जान्नुहुन्न र? तिम्रो कामअनुसार उहाँले तिमीलाई इनाम दिनुहुनेछ। ए छोरा, मह खाने गर्, त्यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्छ, त्यसरी नै बुद्धि प्राणको निम्ति असल हो। बुद्धि प्राप्त गर् र तेरो भविष्य उज्यालो हुनेछ। इमानदार मानिसलाई वा उसको घरलाई लुट्ने युक्ति गर्ने दुष्टजस्तो नहो। इमानदार मानिस जतिपल्ट लड्छ, उतिपल्ट ऊ खडा हुन्छ तर विपत्तिले दुष्टलाई विनाश गर्छ। शत्रुहरूमाथि विपत्ति आइलाग्दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्। परमप्रभुले तँ खुसी भएको थाहा पाउनुहुनेछ र त्यो उहाँले मन पराउनुहुन्न। अनि तिनीहरूलाई दण्ड दिनुहुनेछैन। दुष्ट मानिसहरूका कारणले चिन्ता नगर, तिनीहरूको ईर्ष्या नगर्। दुष्टको भविष्य अँध्यारो हुन्छ त्यसको केही आशा हुँदैन। ए मेरो छोरो, परमप्रभुको भय मान् र राजाको आदर गर्। ईश्वरद्रोही र राजद्रोहीहरूसित केही सम्बन्ध नराख्। त्यस्ता विद्रोहीहरू एकै छिनमा नाश हुन्छन्। परमेश्वर वा राजाले कस्तो किसिमको विनाश ल्याउनुहुन्छ, कसले जान्दछ र?
हितोपदेश 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 24:11-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू