फिलिप्पी 3:8-14

फिलिप्पी 3:8-14 सरल नेपाली

यति मात्र होइन, येशू ख्रीष्‍ट मेरा प्रभु हुन् भन्‍ने अति बहुमूल्‍य ज्ञान पाएर अरू सब कुरा व्‍यर्थको ठान्‍छु। उहाँकै निम्‍ति मैले सबै कुरा त्‍यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्‍झेको छु र उहाँमा नै लीन हुन चाहन्‍छु। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक ठहरिने मेरो आफ्‍नै धार्मिकता छैन। तर अब त परमेश्‍वरले नै मलाई ख्रीष्‍टमा विश्‍वास गरेकोले ठीक ठहराउनुहुन्‍छ। यो धार्मिकता विश्‍वासमा अडेको छ। मचाहिँ ख्रीष्‍टलाई जान्‍न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्‍युसम्‍मै उहाँजस्‍तै हुन चाहन्‍छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्‍दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्‍ट येशूले मलाई अघि नै आफ्‍नो पारिसक्‍नुभएको छ। दाजुभाइहरू, यो पाइसकेको छु जस्‍तो त मलाई लाग्‍दैन तर एउटा कामचाहिँ गर्छु, त्‍योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्‍वर्गको इनाम जित्‍ने विचारले निशानातिर दगुर्दै छु। परमेश्‍वरले यसको लागि ख्रीष्‍ट येशूद्वारा अनन्‍तको जीवनमा मलाई बोलाउनुभएको हो।

फिलिप्पी 3 पढ्नुहोस्