तिनीहरूलाई बिदा गरिसकेपछि उहाँ एक्लै प्रार्थना गर्न माथि डाँडामा जानुभयो। रात पर्यो र येशू एक्लै डाँडामा हुनुहुन्थ्यो। त्यति बेलासम्म नाउचाहिँ किनारबाट तालमा निकै पर पुगेको थियो। तर अगाडिबाट बतास चलेर छालले नाउलाई यताउति हल्लाइरहेको हुनाले चेलाहरू अगाडि बढ्नै सकेनन्। बिहानै झिसमिसे उज्यालोमा येशू पानीमाथि हिँडेर चेलाहरूकहाँ आउनुभयो। उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्च्याउन थाले। अनि तुरुन्तै येशूले भन्नुभयो, “नडराओ, मै हुँ, साहस गर।” यो सुनेर पत्रुसले भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” येशूले भन्नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे। तर ठूलो बतास चलेको देखेर उनी डराए। त्यत्तिकैमा उनी डुब्न लागे र आत्तिएर “बचाउनुहोस् प्रभु!” भन्दै कराए। येशूले उनलाई झट्टै समातेर भन्नुभयो “खै तिम्रो विश्वास, तिमीले किन शङ्का गरेको?” त्यसपछि येशू पत्रुससँगै नाउमा चढ्नुभयो अनि बतास पनि थामिहाल्यो। तब नाउमा भएका चेलाहरू सबैले उहाँको पाउमा घोप्टो पर्दै भने, “साँच्चै तपाईं त परमेश्वरकै पुत्र पो हुनुहुँदो रहेछ!”
मत्ती 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 14:23-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू