मत्ती 10:5-15

मत्ती 10:5-15 सरल नेपाली

येशूले ती बाह्र जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरू अरू जातिका मानिसहरूकहाँ र सामरीहरूका सहरहरूमा नजाओ। तर हराएका भेडाहरूजस्‍ता इस्राएलीहरूकहाँ जाओ। मानिसहरूलाई ‘परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ’ भनेर सुनाओ। बिरामीहरूलाई निको पार, मरेकालाई बिउँताओ, कुष्ठरोगीलाई शुद्ध पार र भूतहरू निकाल। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ। सुन, चाँदी वा तामाको एक पैसा पनि नबोक्‍नू। परदेशको लागि झोला, फाल्‍तु लुगा, फाल्‍तु जुत्ता र टेक्‍ने लौरोसमेत नबोक्‍नू किनभने खेतालालाई खाँचो परेको कुरा पाउनु नै पर्छ। “तिमीहरू गाउँ-सहरमा जाँदा स्‍वागत गर्ने मानिसलाई खोज अनि त्‍यस गाउँबाट बिदा नहोउञ्‍जेल त्‍यसैकहाँ बस। उसको घरमा पस्‍दा ‘तपाईंलाई शान्‍ति होस्’ भन्‍नू। त्‍यस घरानाले तिमीहरूको शान्‍ति लिन लायकको रहेछ भने त्‍यहाँ शान्‍ति रहनेछ। तर तिनीहरू लायकका रहेनछन् भने शान्‍ति तिमीहरूकहाँ नै फर्केर आउनेछ। कुनै घरमा अथवा गाउँ-सहरमा मानिसहरूले तिमीहरू गएको मन पराएनन् भने या तिमीहरूका कुरा नै सुन्‍न मानेनन् भने त्‍यो ठाउँ नै छोडेर हिँडिहाल्‍नू। ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिन तिमीहरूको पैतालामा लागेको धुलो त्‍यहीँ टक्टक्‍याएर जाओ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा परमेश्‍वरले त्‍यस सहरका मानिसहरूलाई भन्दा त बरु सदोम र गमोरा सहरका मानिसहरूलाई बढी सहनुहुनेछ।

मत्ती 10 पढ्नुहोस्