सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, त्यो दिनचाहिँ आगोको भट्टीजस्तै जल्नेछ, तब सबै घमण्डी र दुष्ट मानिसहरू परालजस्तै हुनेछन् र आइरहेको त्यो दिनले तिनीहरूलाई जलाइदिनेछ। त्यस्तो हुनेछ कि न त जरा न हाँगा नै रहनेछ। तर तिमीहरू मेरा आज्ञापालन गर्नेहरूमाथि मेरो उद्धारको शक्ति सूर्य उदाएझैँ आउनेछ र त्यसले सूर्यको किरणजस्तै चङ्गाइ ल्याउनेछ। गोठबाट फुक्का छोडिएका बाछाहरूझैँ तिमीहरू खुसीले उफ्रनेछौ। जुन दिन म यो काम गर्नेछु, त्यो दिन तिमीहरूले दुष्टहरूलाई कुल्चनेछौ र तिनीहरू तिमीहरूका पैतालामुनिका धुलोझैँ हुनेछन्। “मैले सीनै पर्वतमा सबै इस्राएलीहरूले पालन गर्न मेरो सेवक मोशालाई दिएका व्यवस्था, नियमहरू र आज्ञाहरूको सम्झना गर। “तर परमप्रभुको त्यो महान् र डरलाग्दो दिन आउनुअघि म तिमीहरूकहाँ एलिया अगमवक्तालाई पठाउनेछु। त्यसले बुबाहरूका हृदय छोरा-छोरीहरूतिर र छोरा-छोरीहरूका हृदय बुबाहरूतिर फर्काउनेछ। नत्र त मैले आएर तिमीहरूको देशलाई नाश पार्नुपर्नेछ।”
मलाकी 4 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मलाकी 4:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू