लूका 8:22-27

लूका 8:22-27 सरल नेपाली

एक दिन येशू चेलाहरूसँग नाउमा चढ्‍नुभयो र उनीहरूलाई “हामी तालको पारिपट्टि जाऔं भन्‍नुभयो।” उहाँहरू गइहाल्‍नुभयो। जाँदाजाँदै येशू निदाउनुभयो। तालमा ठूलो आँधीबेहरी चल्‍न लाग्‍यो, नाउ पानीले भरिन लाग्‍यो र तिनीहरू ठूलो आपत्‌मा परे। त्‍यसो हुँदा चेलाहरूले आएर येशूलाई उठाउँदै भन्‍न लागे, “गुरुज्‍यू, हे गुरुज्‍यू, हामीहरू त मर्न आँटिसक्‍यौं।” यो सुनेर येशू उठ्‍नुभयो र आँधीबेहरीलाई हकार्नुभयो। त्‍यति नै खेर आँधीबेहरी थामियो र सबै शान्‍त भइहाल्‍यो। येशूले चेलाहरूलाई भन्‍नुभयो, “खै, तिमीहरूको विश्‍वास?” तिनीहरू छक्‍कै परे, उहाँको शक्ति देखेकोले डराउँदै यसरी आपसमा कुरा गर्न लागे, “उहाँ को हुनुहुन्‍छ? उहाँले हकारेपछि त छाल र आँधीबेहरीले समेत उहाँको आज्ञा मान्‍दा रहेछन्।” येशू र उहाँका चेलाहरू गालील तालको पारि गेरासेनसको मुलुकमा पुग्‍नुभयो। नाउबाट ओर्लंदा त्‍यहाँको सहरबाट भूत लागेको मानिस येशूलाई भेट्‍न आयो। त्‍यो मानिसले धेरै दिनदेखि लुगा लाउँदैनथ्‍यो अनि घरमा पनि नबसेर चिहानका गुफाहरूमा बस्‍ने गर्थ्‍यो।

लूका 8 पढ्नुहोस्