लूका 10:27-29
लूका 10:27-29 सरल नेपाली
उनले भने, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरै हृदय, पूरै प्राण, पूरै शक्ति र पूरै मनले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।” येशूले भन्नुभयो, “तिमीले ठीक भन्यौ। त्यसै गर अनि तिमी बाँच्नेछौ।” तर ती धर्म-गुरुले आफैंलाई ठीक देखाउनलाई भने, “त्यसो भए मेरो छिमेकीचाहिँ को हो त?”


