तिनले भनिन्, “यो काम प्रभु परमेश्वरले नै मेरो लागि गर्नुभएको हो। उहाँले ममाथि दया गरेर मलाई मानिसको निन्दाबाट जोगाउनुभयो!” एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्ने एउटी कन्या केटीकहाँ पठाउनुभयो। दाऊद राजाको कुलमा जन्मिएका योसेफ नाउँ गरेका मानिससँग मरियमको विवाह हुने कुरा छिनिसकेको थियो। स्वर्गदूतले त्यस केटीकहाँ आएर भने, “तिमीलाई परमेश्वरको शान्ति होस्! प्रभु परमेश्वरले तिमीलाई ज्यादै अनुग्रह गर्नुभएको छ। उहाँ तिमीसँग हुनुहुन्छ।” स्वर्गदूतले भनेका कुराले मरियम आतिइन् र बुझ्न नसकेर अलमल्ल परिरहिन् अनि स्वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्वरले तिमीलाई ठूलो दया गर्नुभएको छ। अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्यो छोराको नाउँ तिमीले येशू राख्नू। उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्वरका पुत्र भन्नेछन्। प्रभु परमेश्वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्तै राजा बनाउनुहुनेछ। उहाँले याकूबको वंशमाथि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।” यो सुनेर मरियमले स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, तब यो कुरा कसरी हुन सक्छ?” स्वर्गदूतले भने, “परमेश्वरको पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ। महान् परमेश्वरको शक्तिको छायाँ तिमीमाथिपर्नेछ। त्यसैकारण जन्मिनुहुने बालक पवित्र हुनुहुनेछ र परमेश्वरको पुत्र कहलाइनुहुनेछ। फेरि सुन, अब तिम्रो नातेदार एलीशिबा पनि छोरा पाउने भएकी छन्। तिनी बुढी भइसकेकी भए पनि अहिले तिनको कोखमा छ महिनाको बालक छ। तिनका त छोरा-छोरी नै हुँदैन भनिएको थियो। तर हेर, परमेश्वरले गर्न नसक्ने कुरा केही छैन।” तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्वरकी दासी हुँ, तपाईंले भन्नुभएको कुरा मलाई पुगोस्।” त्यसपछि स्वर्गदूत त्यहाँबाट बिदा भए। केही दिनपछि मरियम हतार गरेर यहूदिया क्षेत्रमा पर्ने एउटा पहाडी गाउँमा गइन्। त्यहाँ तिनले जकरियाको घरमा गएर एलीशिबालाई अभिवादन गरिन्। मरियमले अभिवादन भनेको सुन्नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्यसै बेला एलीशिबा पवित्र आत्माले भरिइन्। अनि तिनले सोर उचालेर भनिन्, “स्त्रीजातिमा तिमी कति धन्य रहिछौ। धन्य हुन्, तिमीबाट जन्मिनुहुने बालक! म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ? तिमीले अभिवादन भनेको सुन्दा मेरो कोखमा भएको बालक खुसीले चल्मलायो। प्रभु परमेश्वरले तिमीलाई भन्नुभएको कुरा पूरा हुन्छ भनेर विश्वास गर्ने तिमी कति धन्यकी हौ!”
लूका 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 1:25-45
24 Days
The birth of Christ, His advent, marks God's ultimate plan for our redemption. In Christ, we see the fullest picture of God's hope, peace, joy and love. God's Word is the truth by which we know and walk with Him daily. It is our hope that this guide will encourage and facilitate personal time spent in the Word and provide a resource for families with children to do that together.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू