लेवी 16:5-10

लेवी 16:5-10 सरल नेपाली

इस्राएली जन-समूहले पापबलिको निम्‍ति एक जोर बोका र होमबलिको निम्‍ति एउटा साँढ-भेडा दिनेछन्। त्‍यसले आफ्‍नो र आफ्‍ना परिवारको पाप काट्‍नलाई एउटा साँढे बलि चढाओस्। त्‍यसपछि त्‍यसले एक जोर बोका परमप्रभुको पवित्र पालको ढोकामा लैजाओस्। त्‍यहाँ त्‍यसले दुई ढुङ्गाका गोटी बनाएर बोकोमाथि चिट्ठा हाल्‍ने एउटा ढुङ्गामा ‘परमप्रभुको निम्‍ति’ अनि अर्कोमा ‘एजाजेलको निम्‍ति’ भनेर चिन्‍ह लगाओस्। चिट्ठा हालेर परमप्रभुको निम्‍ति चुनिएको बोको हारूनले परमप्रभुलाई पापबलि चढाओस्। एजाजेलको निम्‍ति चुनिएको बोको जिउँदै परमप्रभुलाई चढाएर मानिसहरूका पाप काट्‍नको लागि एजाजेलको निम्‍ति उजाड-भूमिमा छोडिदेओस्।

लेवी 16 पढ्नुहोस्