सन्धि गरेको तीन दिनपछि ती मानिसहरू नजिकै बास गर्नेहरू हुन् भनी इस्राएलीहरूले थाहा पाए। यसकारण इस्राएलीहरू निस्के र तीन दिनपछि ती मानिसहरू बास गर्ने सहरहरू गिबोन, कपीरा, बेरोत र किर्यत-यारीममा आइपुगे। तर इस्राएलीहरूले तिनीहरूलाई मार्न सकेनन् किनभने तिनका अगुवाहरूले ती मानिसहरूसित परमप्रभु इस्राएलका परमेश्वरको नाममा पवित्र प्रतिज्ञा गरेका थिए। सबै मानिसहरूले अगुवाहरूसित यस कुराबारे गनगनाए; तर अगुवाहरूले यस्तो जवाफ दिए, “हामीले तिनीहरूसित परमप्रभु इस्राएलका परमेश्वरको नाममा पवित्र प्रतिज्ञा गरेका छौं। अब हामीले तिनीहरूको खति गर्न सक्दैनौं। हाम्रा प्रतिज्ञाले गर्दा हामीले तिनीहरूलाई बास गर्न दिनैपर्छ नत्र परमेश्वरले हामीलाई दण्ड दिनुहुनेछ। र तिनीहरू यहाँ बास गरून्; तर तिनीहरूले हाम्रा लागि दाउरा काट्नु र पानी बोक्नुपर्नेछ।” अगुवाहरूले यस्तो सुझाब दिए।
यहोशू 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:16-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू