यहोशू 3:14-16

यहोशू 3:14-16 सरल नेपाली

त्‍यो अन्‍न-कटनीको समय थियो र नदीमा बाढी आएको थियो। यर्दन पार गर्न जब मानिसहरूले पाल छोडे, तब पूजाहारीहरू करारको सन्‍दुक बोकी अघिअघि हिँडे। पूजाहारीहरू पानीमा पस्‍नेबित्तिकै नदी बहन छोड्यो र धेरै माथि नै सार्तानको नजिक आदम सहरनिर राश लागेर थुप्रियो। उँधो मृत सागर बग्‍न पूरा बन्‍द भयो र मानिसहरू यरीहोका छेउनिर पार गर्न सके।

यहोशू 3 पढ्नुहोस्