यूहन्ना 15:12-16
यूहन्ना 15:12-16 सरल नेपाली
“मेरो आज्ञा यही हो– जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर। साथीको निम्ति आफ्नो प्राण दिनु नै सबैभन्दा ठूलो प्रेम हो, योभन्दा ठूलो प्रेम त अरू केही छैन। यदि तिमीहरूले मेरो आज्ञापालन गरिरह्यौ भने तिमीहरू मेरा साथी हौ। अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ किनभने नोकरले मालिकले के गर्दै छ, त्यो जान्दैन। म तिमीहरूलाई साथी भन्छु किनभने मेरा पिताबाट सुनेका सबै कुराहरू मैले तिमीहरूलाई बताइसकेको छु। तिमीहरूले मलाई छानेका होइनौ, तर मैले तिमीहरूलाई छानें र तिमीहरू गएर सधैँ रहिरहने फल फलाओ भनेर मैले तिमीहरूलाई खटाएर पठाउँदै छु। तब मेरो नाउँमा पितासँग जे मागे पनि उहाँले तिमीहरूलाई दिनुहुनेछ।





