यूहन्‍ना 10:1-9

यूहन्‍ना 10:1-9 सरल नेपाली

येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, भेडाको गोठमा ढोकाबाट नपसी अरूतिरबाट पस्‍नेचाहिँ चोर र डाकु हो। गोठालोचाहिँ ढोकाबाट पस्‍छ। उसलाई गोठ कुर्नेले ढोका खोलिदिन्‍छ। गोठालोले नाउँ काढी-काढी आफ्‍ना भेडाहरूलाई डाक्‍दा तिनीहरूले उसको सोर सुन्‍छन् र उसले तिनीहरूलाई डोर्‍याउँदै बाहिर निकाल्‍छ। आफ्‍ना भेडा सबै निकालेपछि ऊ अघिअघि लाग्‍छ र भेडाहरूचाहिँ पछि-पछि आउँछन् किनभने भेडाहरूले उसको सोर चिन्‍छन्। गोठालोबाहेक अरू कसैले बोलायो भने भेडाहरू उसको पछि लाग्‍दैनन्। बरु त्‍यसको सोर नचिनेकोले तिनीहरू डरले भाग्‍छन्।” येशूले यो कुरा दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभएको थियो। तर सुन्‍नेहरूले उहाँले भन्‍नुभएको कुराको अर्थ बुझेनन्। त्‍यति बेला येशूले फेरि भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, भेडाको गोठमा पस्‍ने ढोका म नै हुँ। मभन्दा पहिले आउने सबै चोर र डाकु थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। गोठमा पस्‍ने ढोकाचाहिँ म नै हुँ, मबाट भित्र पस्‍नेहरू सबै बाँच्‍नेछन्। उनीहरू भित्र-बाहिर आउने-जाने गर्नेछन् र खर्कमा चर्न पाउनेछन्।

यूहन्‍ना 10 पढ्नुहोस्