सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर नै हुनुहुन्थ्यो। उहाँ सृष्टि हुनुभन्दा अघि परमेश्वरसँगै हुनुहुन्थ्यो। वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो। सृष्टि भएका कुनै थोक पनि उहाँबिना बनिएन। उहाँमा जीवन थियो र त्यही जीवन नै मानिसहरूको उज्यालो थियो। त्यो उज्यालो अन्धकारमा चम्कन्छ। अन्धकारले कहिल्यै पनि उज्यालोलाई निभाउन सकेन। परमेश्वरले यूहन्ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो। उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्यालोलाई चिनेर विश्वास गर्न सकून् भनी परमेश्वरले उनलाई पठाइदिनुभएको थियो। यूहन्ना आफैंचाहिँ त्यो उज्यालो थिएनन्, उनी उज्यालोलाई चिनाउन आएका थिए। त्यो उज्यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्यालो हुनुहुन्छ। उहाँ संसारमा हुनुहुन्थ्यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।
यूहन्ना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:1-11
4 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
7 दिनहरू
हाम्रो "क्रिसमस तपाईको हृदयमा छ" डिजिटल अभियानको साथ क्रिसमसको वास्तविक भावनाको अनुभव लिनुहोस्! यस विशेष कार्यक्रमले तपाईंलाई व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी, र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दै लुमो क्रिसमस फिल्मबाट प्रेरणादायी क्लिपहरू सहित येशूको कथा पत्ता लगाउन दिन्छ। धेरै भाषाहरूमा प्रस्ताव गरिएको, यसले सबै पृष्ठभूमिका मानिसहरूलाई सबै मौसमहरूमा यो रमाइलो अनुभव साझा गर्न एकसाथ ल्याउँछ।
8 दिनहरू
14 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू