उत्‍पत्ति 42:1-8

उत्‍पत्ति 42:1-8 सरल नेपाली

याकूबले सुने कि मिश्रमा अन्‍न छ उनले आफ्‍ना छोराहरूलाई भने, “तिमीहरू किन केही गर्दैनौ? मिश्रमा अन्‍न छ भनी मैले सुनेको छु। त्‍यहाँ गएर केही अन्‍न किनिल्‍याओ र हामी भोकले मर्नुनपरोस्।” योसेफका दश जना दाजुहरू मिश्रमा अन्‍न किन्‍न गए। तर उनका भाइ बेन्‍यामीनलाई तिनीहरूसित याकूबले पठाएनन् किनभने त्‍यसलाई केही भइहाल्‍छ कि भनी उनी डराउँथे। याकूबका छोराहरू अरू मानिसहरूसँग अन्‍न किन्‍न हिँडे किनभने कनान देशमा पनि अनिकाल परेको थियो। योसेफले बडा-हाकिम भएर सारा संसारका मानिसहरूलाई अन्‍न बेच्‍दै थिए। तिनका दाजुहरू आएर भूइँमा निहुरेर तिनलाई प्रणाम गरे। दाजुहरूलाई देखेर योसेफले चिनिहाले तर नचिनेजस्‍तो गरे। तिनले कड्केर सोधे, “तिमीहरू कहाँदेखि आएका हौ?” तिनीहरूले उत्तर दिए, “हामी अन्‍न किन्‍न कनानदेखि आएका हौं।” योसेफले दाजुहरूलाई चिने पनि तिनीहरूले योसेफलाई चिनेनन्।

उत्‍पत्ति 42 पढ्नुहोस्