शूशनमा एक जना मोर्दकै नाम गरेका यहूदी बस्थे। उनी बेन्यामीन कुलका याईरको छोरो र कीश र शिमीका वंशका थिए। बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीनलाई कैद गरी यरूशलेमबाट लैजाँदा त्यस हुलमा मोर्दकै पनि थिए। उनका काकाकी छोरी एस्तर तिनीसित थिइन्। एस्तरको हिब्रू नाम हदस्सा थियो। तिनी एउटी राम्रो जिउ-डाल भएकी सुन्दरी स्त्री थिइन्। तिनका आमा-बुबा मरेपछि मोर्दकैले तिनलाई धर्म-पुत्री बनाई आफ्नै छोरीजस्तै गरी हुर्काएका थिए। राजाले आफ्नो नयाँ उर्दी घोषणा गरेपछि धेरै केटीहरू शूशनमा ल्याइए। तीमध्ये एस्तर पनि थिइन्। तिनलाई पनि राजमहलमा हेगेको जिम्मामा राखे, जोचाहिँ राजाका स्त्रीहरू बस्ने भित्री महलको जिम्मेवार थिए। हेगेले एस्तरलाई मन पराए र तिनले उनीबाट कृपा पाइन्। उनले तुरुन्तै एस्तरलाई सिङ्गार-पटार गर्ने ओखती-मूलो, मालिश र विशेष खाना दिन सुरू गरिदिए। उनले तिनलाई स्त्रीहरू बस्ने भित्री महलमा सबैभन्दा राम्रो ठाउँ दिए र तिनको सेवा गर्न राजमहलबाट चुनिएका सात जना सहेलीहरू खटाइदिए। मोर्दकैको सल्लाहमा एस्तरले म यहूदी हुँ भन्ने कुरा लुकाएकी थिइन्। तिनले कसो गर्दथिन् र तिनलाई के हुने हो भनी खोजी गर्न प्रतिदिन मोर्दकै भित्री महलको सामुन्नेको आँगनमा हिंड्नेगर्थे।
एस्तर 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एस्तर 2:5-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू