तिमीहरूलाई थाहा हुनैपर्छ व्यभिचार गर्ने अशुद्ध र लोभीले परमेश्वर र ख्रीष्टको राज्यमा हकै पाउनेछैन। लोभ गर्नुचाहिँ मूर्तिपूजा गर्नुजस्तै पाप हो। कसैले छली कुरा गरेर तिमीलाई छक्याउन नपाओस्। यस्तै कुराले गर्दा अट्टेरीहरूमा परमेश्वरको रिस खनिन्छ। त्यसो हुँदा यस्ता मानिसहरूको सङ्गतै नगर। पहिले तिमीहरू नै अन्धकारमा थियौ तर अब प्रभुका जन बनेर तिमीहरू उज्यालोमा छौ। यसकारण तिमीहरू उज्यालोको योग्य मानिसजस्तै जिउने गर किनभने उज्यालोको फलचाहिँ सबै किसिमको भलाइ, न्याय र सत्य हो। प्रभुलाई मनपर्ने कुरो के हो, बुझ। अन्धकारका बेकामे कुराहरूसँग तिमीहरूको कुनै सरोकारै नहोस्। तर त्यो काम नराम्रो हो भनेर देखाइदेओ। यी मानिसले लुकेर गरेका कामहरूको बारेमा भन्न पनि लाज लाग्छ। जब कुनै कुरा उज्यालोको अघि ल्याइन्छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्योतिमा खुल्ला हुन्छ। धर्मशास्त्रले भन्छ, “ए निदाउने उठ् र मरेकाबाट बिउँती अनि ख्रीष्ट तँमा चम्कनुहुनेछ।” त्यसकारण कस्तो चालचलन चल्नुपर्ने हो, राम्ररी ध्यान देओ, मूर्खजस्तो भएर होइन, बुद्धिमान् भएर हिंड। यी नराम्रा दिनहरूमा तिमीले पाएका सबै मौकाहरूको असल प्रयोग गर। त्यसकारण मूर्ख नबन तर प्रभुले तिमीबाट के आशा राख्नुहुन्छ, सो पत्तो लगाओ। मद्यको नशामा बाँचेर जीवन नष्ट नगर तर पवित्र आत्माले भरिपूर होओ।
एफिसी 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: एफिसी 5:5-18
5 Days
If we want to share Jesus with others, we’ve got to live like Him, love like Him, and listen like Him. In this 5-day Plan, we’ll take a closer look at the life of Jesus to discover how we should live our lives.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू