तिनीहरूले राजालाई भने, “देशनिकालाबास भई यहूदाबाट आएको दानिएल भन्ने एक जना पुरुषले हजुरको आदर गर्दैनन् र हजुरको आदेश पालन गर्दैनन्। उनी नियमित दिनमा तीनपल्ट प्रार्थना गर्दछन्।” त्यो कुरा सुनेर राजा अन्योलमा परे र दानिएललाई बचाउने कुनै उपाय निकाल्न खुब विचार गर्न लागे। घाम नअस्ताएसम्म उनले जुक्ति गरि नै रहे। त्यसपछि ती मानिसहरू आएर राजालाई भने, “महाराज, हजुरले जान्नुहुन्छ कि मादी र फारसीहरूका कानुनअनुसार राजाले दिएको आदेश बदलिँदैन।” यसकारण राजाले दानिएललाई पक्रने हुकुम दिए र उनी सिंहको खोरमा फालिए। राजाले दानिएललाई भने, “तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई बचाऊन्।” खोरको मुखमा एउटा ठूलो ढुङ्गा ल्याएर राखियो र राजाले आफ्नो लाल-मोहोर र शासकहरूको सिल-मोहोर कसैले दानिएललाई बचाउन नसक्ने हिसाबले त्यस ढुङ्गामा लाइदिए। त्यसपछि राजा महलमा फर्केर गए र केही नखाई, केही मनोरञ्जन नगरी रातभरि जागा बसे। बिहान मिरमिरे उज्यालो भएपछि राजा उठे र हतार-हतार सिंहको खोरमा गए। त्यहाँ पुगेर राजाले चिन्तित भई भने, “ए दानिएल, जीवित परमेश्वरका सेवक, के तिमीले भक्तिसाथ पुजेका परमेश्वरले तिमीलाई सिंहहरूका मुखबाट बचाउनुभयो?” दानिएलले जवाफ दिए, “महाराज दीर्घायु रहून्! सिंहहरूले मेरो केही हानि नगरून् भनेर परमेश्वरले आफ्ना स्वर्गदूत पठाई तिनीहरूका मुख थुनिदिनुभयो। म निर्दोष छु भनी उहाँले जान्नुहुन्थ्यो र नै उहाँले त्यसो गर्नुभयो किनभने मैले महाराजको केही हानि गरेको छैनँ।” राजा अत्यन्तै खुसी भए र दानिएललाई सिंहका खोरबाट तानेर बाहिर निकाल्ने आज्ञा दिए। यसकारण तिनीहरूले उनलाई तानेर खोरबाट निकाले र उनलाई कुनै किसिमको चोट नलागेको भेट्टाए किनभने उनले परमेश्वरमाथि भरोसा राखेका थिए।
दानिएल 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 6:13-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू