२ कोरिन्थी 11:1-4

२ कोरिन्थी 11:1-4 सरल नेपाली

म अलिकता मूर्खै भए पनि तिमीहरूले सहिदेओ। म तिमीहरूप्रति परमेश्‍वरको जोशले भरिएको छु। एउटै दुलहा ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ र तिमीहरूलाई चोखो कन्‍यादान गर्न चाहन्‍छु। तर सर्पको रूप लिएर शैतानले चलाकी गरेर हव्‍वालाई ठगेजस्‍तै तिमीहरूको ख्रीष्‍टमा रहेको सोझो र चोखो मन नै बिगार्ने हो कि भन्‍ने मलाई डर लागेको छ। हामीले प्रचार गरेको येशूभन्दा अर्कै येशूको बारेमा कसैले प्रचार गर्‍यो भने तिमीहरू त खुसीसँग सुन्‍नेरहेछौ। तिमीहरूले पहिले पाएको आत्‍मा र सुसमाचारभन्दा अर्कै आत्‍मा र अर्कै सुसमाचार पनि तिमीहरू लिनेरहेछौ।

२ कोरिन्थी 11 पढ्नुहोस्