रोमी 7:20-23

रोमी 7:20-23 NNRV

अब म जो इच्‍छा गर्दिनँ, त्‍यही गर्छु भने त्‍यो गर्ने म होइनँ, तर मभित्र वास गर्ने पाप हो। यसरी एउटा नियमले काम गरेको म पाउँछु। जब म भलो गर्न चाहन्‍छु, तब दुष्‍टतालाई मेरो नजिकै उपस्‍थित पाउँछु। किनकि म मेरो अन्‍तस्‍करणमा परमेश्‍वरको व्‍यवस्‍थामा आनन्‍दित हुन्‍छु, तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्‍धनमा पार्दछ।