रोमी 7:1-6
रोमी 7:1-6 NNRV
भाइ हो, के तिमीहरू जान्दैनौ— म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु— कि मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ। उदाहरणको लागि, एउटी विवाहिता स्त्री तिनको पति बाँचुञ्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छिन्, तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे। यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छिन्। तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छिन्, र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदिनन्। यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लेखि मरेका छौ, ताकि तिमीहरू अर्को मानिस, अर्थात् मृत्युबाट जीवित हुनुभएका ख्रीष्टसँग एक होओ, र हामी परमेश्वरको निम्ति फल फलाऔं। जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्युको फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे। हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखि मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं, र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं।

