रोमी 2:5-11

रोमी 2:5-11 NNRV

तर परमेश्‍वरको धार्मिक इन्‍साफ प्रकट हुने त्‍यस क्रोधका दिनको लागि आफ्‍नो कठोर र अपश्‍चात्तापी हृदयले गर्दा तिमीले आफ्‍नो निम्‍ति क्रोध थुपारिरहेछौ। किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्‍जत र अमरत्‍व खोज्‍नेहरूलाई चाहिँ उहाँले अनन्‍त जीवन दिनुहुनेछ। तर झगड़ालु, सत्‍यको पालन नगर्ने, र दुष्‍टतामा हिँड्‌नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ। खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्‍ट र आपद्‌ आइपर्नेछ, पहिले यहूदीमाथि र अन्‍यजातिहरूमाथि पनि। तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्‍यजातिलाई पनि गौरव, इज्‍जत र शान्‍ति प्राप्‍त हुनेछ। किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न।