रोमी 13:8-10
रोमी 13:8-10 NNRV
आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ। “तैंले व्यभिचार नगर्, तैंले हत्या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् “तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्।” प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।

