YouVersion Logo
Search Icon

भजनसंग्रह 87

87
परमेश्‍वरको महिमापूर्ण सहर
कोरहवंशीको भजन
1परमेश्‍वरले आफ्‍नो जग पवित्र पर्वतमा स्‍थापना गर्नुभएको छ।
2याकूबका सबै वासस्‍थानहरूभन्‍दा परमप्रभु सियोनका ढोकाहरूलाई बढ़ी प्रेम गर्नुहुन्‍छ।
3हे परमेश्‍वरको सहर, तिम्रो विषयमा महिमामय कुराहरू भनिएका छन्‌: सेला
4“मलाई स्‍वीकार गर्नेहरूमध्‍ये म राहाब र बेबिलोनलाई दर्ता गर्नेछु, पलिश्‍त, टुरोस र कूशलाई समेत,
र भन्‍नेछु, ‘योचाहिँ सियोनमा जन्‍मेको थियो’।”
5सियोनको विषयमा चाहिँ यो भनिनेछ, “यो र त्‍यो त्‍यहीँ जन्‍मेका थिए, अनि सर्वोच्‍च प्रभुले नै त्‍यसलाई स्‍थापित गर्नुहुनेछ।”
6परमप्रभुले मानिसहरूका नाउँ दर्ता-बहीमा लेख्‍नुहुनेछ, “योचाहिँ सियोनमा जन्‍मेको थियो।” सेला
7सङ्गीत बजाउँदा तिनीहरूले गाउनेछन्‌, “मेरा सबै पानीका मूलहरू तँमा नै छन्‌।”

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 87: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy