YouVersion Logo
Search Icon

भजनसंग्रह 75

75
परमेश्‍वर न्‍यायकर्ता
सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार आसापको भजन
1हामी तपाईंमा धन्‍यवाद चढ़ाउँछौं, हे परमेश्‍वर, हामी धन्‍यवाद चढ़ाउँछौं, किनकि तपाईंको नाउँ नजिकै छ। मानिसहरू तपाईंका आश्‍चर्यकर्मको बखान गर्छन्‌।
2तपाईं भन्‍नुहुन्‍छ, “उचित समय म ठहराउँछु, निष्‍पक्षतासाथ न्‍याय गर्ने म नै हुँ।
3जब पृथ्‍वी र त्‍यहाँका सबै बासिन्‍दाहरू काम्‍छन्‌, त्‍यसका खम्‍बाहरूलाई थामिराख्‍ने म नै हुँ। सेला
4अहङ्कारीहरूलाई म भन्‍दछु, ‘अहङ्कार नगर।’
र दुष्‍टहरूलाई भन्‍दछु, तिमीहरूको हाँक नदेखाओ।
5तिमीहरू स्‍वर्गको विरुद्धमा आफ्‍नो हाँक नदेखाओ, अनि मुन्‍टो बटारेर वचन नबोल।”
6पूर्वदेखि होस्‌ वा पश्‍चिमदेखि, अथवा मरुभूमिबाट होस्‌, कसैले पनि मानिसलाई उचाल्‍न सक्‍दैन।
7तर परमेश्‍वरले नै न्‍याय गर्नुहुन्‍छ, उहाँले एउटालाई होच्‍याउनुहुन्‍छ,
र अर्कालाई उच्‍च पार्नुहुन्‍छ।
8परमेश्‍वरको बाहुलीमा एउटा कचौरा छ, जसमा मरमसला मिसाएको छ, फीँज भएको मद्य छ। उहाँले त्‍यो खन्‍याउनुहुन्‍छ, अनि पृथ्‍वीका दुष्‍टहरू सबैले त्‍यसको थिग्रासम्‍मै पिउँछन्‌,
9तर मचाहिँ सदासर्वदै यो घोषणा गर्नेछु, म याकूबका परमेश्‍वरको स्‍तुति गाउनेछु।
10म सबै दुष्‍टहरूका सीङ#75:10 सीङको अर्थ शक्ति हो। काटिदिनेछु, तर धर्मीहरूका सीङ उच्‍च पारिनेछन्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 75: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy