YouVersion Logo
Search Icon

भजनसंग्रह 72

72
राजाको निम्‍ति प्रार्थना
सोलोमनको भजन
1हे परमेश्‍वर, राजालाई तपाईंको न्‍यायले युक्त पार्नुहोस्‌,
र राजपुत्रलाई तपाईंको धार्मिकताले।
2उनले तपाईंको प्रजालाई धार्मिकतासाथ न्‍याय गर्नेछन्‌, तपाईंका पीडित जनहरूलाई न्‍यायसाथ इन्‍साफ गर्नेछन्‌।
3डाँड़ाहरूले मानिसहरूका निम्‍ति समृद्धि ल्‍याउनेछन्‌,
र पहाड़हरूले धार्मिकताको फल ल्‍याउनेछन्‌।
4उनले मानिसहरूमध्‍येका पीडितलाई रक्षा गर्नेछन्‌,
र दरिद्रका छोराछोरीहरूलाई बचाउनेछन्‌, उनले अत्‍याचारीलाई दमन गर्नेछन्‌।
5घाम र जून रहुञ्‍जेल सारा पुस्‍ताभरि उनी बाँचिरहनेछन्‌।
6उनी काटिएको चउरमा परेको वर्षाझैँ हुनेछन्‌, पृथ्‍वीलाई सिँचाइ गर्ने झरीझैँ।
7उनको राज्‍यकालमा धर्मीहरूको फलिफाप हुनेछ,
र जून रहुञ्‍जेल उन्‍नति प्रशस्‍त हुनेछ।
8उनले एउटा समुद्रदेखि अर्को समुद्रसम्‍म,#जक ९:१०
र यूफ्रेटिस नदीदेखि पृथ्‍वीको सीमान्‍तसम्‍मै राज्‍य गर्नेछन्‌।
9मरुभूमिका जातिहरू उनको सामने झुक्‍नेछन्‌,
र उनका शत्रुहरूले धूलो चाट्‌नेछन्‌।
10तर्शीश र टाढ़ाका सामुद्रिक किनारका राजाहरूले उनीकहाँ कर ल्‍याउनेछन्‌, शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढ़ाउनेछन्‌।
11सबै राजाहरू उनको अगाडि घोप्‍टो पर्नेछन्‌,
र सबै जातिहरूले उनको सेवा गर्नेछन्‌।
12किनकि दरिद्रहरूलाई, जसले पुकारा गर्छन्‌,
र सहायता नपाएका गरीबहरूलाई उनले उद्धार गर्नेछन्‌।
13कमजोर र दरिद्रलाई उनले टिठ्याउनेछन्‌,
र दरिद्रहरूको प्राण बचाउनेछन्‌।
14अत्‍याचार र हिंसाबाट उनले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछन्‌, किनकि उनको दृष्‍टिमा तिनीहरूको रगत बहुमूल्‍य छ।
15उनी दीर्घायु होऊन्‌, शेबाको सुन उनलाई भेटीस्‍वरूप दिइओस्‌। उनको निम्‍ति मानिसहरू निरन्‍तर प्रार्थना गरून्‌, दिनभरि तिनीहरूले उनलाई धन्‍यका भनून्‌।
16देशभरि अन्‍न भरिपूर्ण होस्‌, डाँड़ाका टाकुराहरूमा त्‍यो लहलह होस्‌। त्‍यसको फल लेबनानझैँ फस्‍टाओस्‌, त्‍यो जमिनको घाँसझैँ मौलाओस्‌।
17उनको नाउँ सदा रहिरहोस्‌, उनको कीर्ति सूर्यझैँ निरन्‍तर रहोस्‌। सबै जाति-जातिहरूले उनीद्वारा आशिष्‌ पाउनेछन्‌,
र तिनीहरूले उनलाई धन्‍यका भन्‍नेछन्‌।
18परमप्रभु परमेश्‍वर, इस्राएलका परमेश्‍वरको प्रशंसा होस्‌, उहाँले मात्र उदेकका काम गर्नुहुन्‍छ।
19उहाँको महिमामय नाउँको सदासर्वदै प्रशंसा होस्‌, सारा पृथ्‍वी उहाँको महिमाले भरपूर होस्‌। आमेन अनि आमेन।
20यिशैका छोरा दाऊदका प्रार्थनाहरू यहाँ समाप्‍त हुन्‍छन्‌।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 72: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy