भजनसंग्रह 136:1-9

भजनसंग्रह 136:1-9 NNRV

परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। देवताहरूका परमेश्‍वरलाई धन्‍यवाद देओ, उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। प्रभुहरूका परमप्रभुलाई धन्‍यवाद देओ, किनभने उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। उहाँले मात्र आश्‍चर्य कामहरू गर्नुहुन्‍छ: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। उहाँले आफ्‍नो समझशक्तिले स्‍वर्ग सृष्‍टि गर्नुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। उहाँले पानीमाथि पृथ्‍वी फैलाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। उहाँले ठूला-ठूला ज्‍योतिहरू बनाउनुभयो: उहाँको प्रेम सदाकाल रहिरहन्‍छ। उहाँले दिनमा प्रभुत्‍व गर्नलाई सूर्य बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ। उहाँले रातमा प्रभुत्‍व गर्नलाई चन्‍द्र र तारा बनाउनुभयो: उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।