YouVersion Logo
Search Icon

भजनसंग्रह 123

123
परमेश्‍वरका दयाको निम्‍ति प्रार्थना
यात्राको गीत
1हे स्‍वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्‍छु।
2जसरी दासहरूका आँखा आफ्‍ना स्‍वामीको हाततिर हुन्‍छन्‌, जसरी दासीहरूका आँखा आफ्‍नी स्‍वामिनीको हाततिर रहन्‍छन्‌, त्‍यसरी नै जबसम्‍म उहाँले हामीमाथि कृपा गर्नुहुन्‍न,
तबसम्‍म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्‍वरतिर रहन्‍छन्‌।
3हामीमाथि कृपा गर्नुहोस्‌, हे परमप्रभु, हामीमाथि कृपा गर्नुहोस्‌, किनकि हामीले ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।
4अभिमानीहरूबाट उपहास र अहङ्कारीहरूबाट ज्‍यादै हेलचेक्र्याइँ सहेका छौं।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 123: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy