हितोपदेश 3:15-18
हितोपदेश 3:15-18 NNRV
त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ, र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। बुद्धिको दाहिने हातमा दीर्घायु, र त्यसको देब्रे हातमा धन र सम्मान हुन्छन्। त्यसका मार्गहरू आनन्ददायक हुन्छन्, र त्यसका सबै बाटोहरू शान्तिका हुन्छन्। बुद्धिलाई अँगाल्नेहरूका निम्ति त्यो एक जीवनको रूख हो, त्यसलाई पक्रनेहरूले आशिष् पाउनेछन्।

