अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्, यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्। कसैले आफ्नो छिमेकीलाई एकाबिहानै चर्को स्वरले आशिष् दिन्छ भने, त्यो ता श्राप पो बन्छ। झगड़िया पत्नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्तै हो। त्यसलाई वशमा राख्नु बतासलाई वशमा राख्नु बराबर हो, अथवा हातले तेल अँठ्याउनुजस्तै हो। फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ। अञ्जीरको रूख रेखदेख गर्नेले त्यसको फल खानेछ, र आफ्ना मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ। पानीमा अनुहार प्रतिबिम्बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ। मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, न त मानिसका आँखा नै सन्तुष्ट हुन्छन्। चाँदी पगाल्ने भाँड़ो र सुन खार्ने आरन हुन्छ, तर आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ। मूर्खलाई खलमा हालेर पिँधे पनि, त्यसलाई जाँतोमा अन्न राखेर पिँधेझैँ गरे पनि, तैंले त्यसको मूर्खता त्यसबाट हटाउनेछैनस्। तेरा भेड़ाहरूको अवस्था राम्ररी थाहा गर्, आफ्नो बगालप्रति सावधानीपूर्वक ध्यान दे, किनभने धन-सम्पत्ति त सधैँभरि रहँदैन, र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन। जब पराल हटाइन्छ र नयाँ पालुवा देखा पर्छ, र डाँड़ा-पाखाहरूबाट घाँस बटुलिन्छ, तब भेड़ाहरूले तँलाई लुगा जुटाइदिन्छन्, र खेत किन्ने रकम बाख्राहरूबाट आउँछ। बाख्रीको दूध तँ र तेरो परिवारलाई खान चाहेजति पुग्नेछ, र तेरा नोकर्नीहरूलाई पोषण हुनेछ।
हितोपदेश 27 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 27:13-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू