फिलिप्पी 2:1-4

फिलिप्पी 2:1-4 NNRV

यदि ख्रीष्‍टमा केही प्रोत्‍साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्‍माको केही सङ्गति, केही स्‍नेह र सहानुभूति छ भने, तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर। स्‍वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्‍दा श्रेष्‍ठ ठान। तिमीहरू हरेकले आफ्‍नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।