मत्ती 9:9-13
मत्ती 9:9-13 NNRV
येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खान बस्नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे। जब फरिसीहरूले त्यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?” यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।”

