मत्ती 4:1-4

मत्ती 4:1-4 NNRV

तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्‍माद्वारा येशू उजाड-स्‍थानमा लगिनुभयो। उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो। तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।” तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।”