तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो। तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?” तर येशूले तिनलाई भन्नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्ना राजी भए। अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो। तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु।”
मत्ती 3 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 3:13-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू