मत्ती 26:31-35
मत्ती 26:31-35 NNRV
तब येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्ट हुनेछन्।’ तर म मृत्युबाट जीवित भएपछि तिमीहरूभन्दा अगि गालीलमा जानेछु।” पत्रुसले उहाँलाई जवाफ दिए, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ।” येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, आजै राती भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” पत्रुसले उहाँलाई भने, “मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” अरू सबै चेलाहरूले पनि त्यसै भने।


