मत्ती 16:21-23
मत्ती 16:21-23 NNRV
उहाँ कसरी यरूशलेममा जानुपर्छ, र धर्म-गुरु र मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भइउठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, “परमेश्वरले यसो नगरून्, प्रभु, तपाईंमाथि यस्तो कहिल्यै हुनेछैन।” तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, “ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्ति बाधा होस्। किनभने तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्।”

