मत्ती 10:37-42

मत्ती 10:37-42 NNRV

“जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना बुबा वा आमालाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले मलाई भन्‍दा बढ़ी आफ्‍ना छोरा वा छोरीलाई प्रेम गर्दछ, त्‍यो मेरो योग्‍यको हुँदैन। जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन। जसले आफ्‍नो प्राण जोगाउँछ, त्‍यसले त्‍यो गुमाउनेछ, र आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउनेले त्‍यो बचाउनेछ। “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ। जसले यी सानाहरूमध्‍ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले आफ्‍नो इनाम कदापि गुमाउनेछैन।”